राजनीति

विप्लवका ३ कार्यकर्ता पक्राउ



भोजपुर, १२ चैत । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार सदरमुकामबाट टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेकाहरु सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको र महेन्द्र तामाङलाई प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।