समाचार

आजदेखि पाँच ब्रुमरले सडक सफा गर्ने



काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाले ब्रुमर मार्फत आजदेखि सडक सफा गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार उक्त ब्रुमरले पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको जनाएको छ ।

महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।

उक्त ब्रुमर कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर लगायतका क्षेत्रका सडकमा  प्रयोग गरिनेछ ।