समाचार

गमालाले लागेर ११ महिने बालकको मृत्यु



काठमाडौं, १२ चैत । काठमाडौंको कीर्तिपुर नगरपालिका–८ पाँगामा कौसीबाट खसेको गमालाले लागेर ११ महिने बालकको मृत्यु भएको छ ।

गएराती स्थानीय भिमसेन महर्जनको ४ तल्ले घरको कौसीबाट खसेको गमलाले लागेर ११ महिने बालकको मृत्यु भएको हो ।

गमलाले लागेर घाइते बालकलाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।