राजनीति

अध्यक्ष प्रचण्डद्वारा अमेरिकी उप-सहायक विदेशमन्त्रीसँग भेट



काठमाडौँ, १२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्ससँग भेट गरेका छन ।

स्रोतका अनुसार पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डले वेल्ससँग भेटवार्ता भएको र दुवैबीच के कुराकानी भयो भन्ने बारेमा भने केही बताइएको छैन ।

उपचार सकेर प्रचण्ड दम्पती आजै अमेरिकाबाट स्वदेश यात्राका लागि फर्कने कार्यक्रम रहेको छ । यद्यपि बिहीबार मात्रै स्वदेश आइपुग्ने बताइएको छ ।