समाचार

नेपाल एयरलाइन्सले जापानको ओसाका उडान भर्ने



काठमाडौं, १३ चैत । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।

निगमले जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको साथै जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब)लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ ।

निगमका अनुसार आउँदो जुलाई महीनादेखि उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना रहेको जनाएको छ ।