काठमाडौँ, १३ चैत । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपाल विश्वकै शक्तिशाली पासपोर्टमा नेपाल ९८ औं स्थानमा पर्न सफल भएको छ ।
नयाँ विश्वव्यापी वरियता अनुसार विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा परेको छ यी देशका नागरिकहरुले विश्वभरीका १८९ मुलुकमा जापानका नागरिकले जस्तै भिषा बिना घुम्न जान पाउनेछन् ।
दोस्रो स्थानमा जर्मनको पासपोर्ट रहेको छ । फ्रान्सको पासपोर्ट तेस्रो बलियो भएको छ । बिना भिषा १८५ मुलुकको भ्रमण गर्न पाउनेगरी बेलायतको पासपोर्ट पाँचौ बलियो भएको छ । अमेरिकाको पासपोर्ट छैटौ बलियो भएको छ ।
डेनमार्क, फिनल्यान्ड, इटाली र स्वीडेनका पासपोर्टले बिना भिसा वा अन अराइभल भिषाका आधारमा १८७ मुलुकको भ्रमण गर्न पाउनेछन् । चौथोमा संयुक्त रुपमा लक्जेम्बर्ग र स्पेनका पासपोर्टले १८६ मुलुकको भ्रमण गर्न पाउनेछन् ।
पाँचौ स्थानमा संयुक्त रुपमा संयुक्त अधिराज्य, अस्टेलिया, डच, नर्वे, पोर्चुगल र स्वीस पासपोर्ट रहेको विश्वव्यापी वरियताले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्