राजनीति

विप्लव समूहको बन्द फिर्ता (विज्ञप्ती सहित)



काठमाडौँ, १४  चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको छ ।

प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो । एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको बताइएको छ । सरकारले घोषणा गरेको लगानी सम्मेलन पनि १५ र १६ चैतमा हुँदैछ ।