रुपन्देही, १४ चैत । रुपन्देहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
उनी निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य, रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको हो । पक्राउ परेका आचार्य रुपन्देहीको सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्