समाचार

लागुऔषध चरेससहित एक जना पक्राउ



धादिङ, १५ चैत । धादिङमा लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ४५ वर्षीया सुकुमाया तामाङलाई उनको घर र गोठबाट चरेस, चरेस बनाउने धुलो र गाँजासहित पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा मार्दा चरेस ११० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३९० किलोग्राम, गाँजाको गेडासमेतको १०९ किलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।