राजनीति

राष्ट्रपति भण्डारीबाट दुई विधेयक प्रमाणीकरण



काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५ र लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।