धादिङ, १६ चैत । धादिङबाट ६ सय ५२ केजी चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका–७ किराञ्चोक पेटारेबाट लागू औषध नियन्त्रण ब्यूरो काठमाडौंले भण्डारण गरि राखिएको लागूऔषध चरेस बरामद गरेको हो ।
कच्चा पदार्थ गाँजालाई चरेस बनाउने उपकरण जडान गरिएको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँ र गजुरी प्रहरीको सहयोगमा पेटारेस्थित शुकमान तामाङको घरमा छापा मार्ने क्रममा १ सय १० केजी चरेस र चरेस बनाउन तयारी गरिएको ५ सय ३२ केजी गाँजाको धुलो प्रहरीले बरामद गरेको बताइएको छ ।
पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्