काठमाडौँ, १६ चैत । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।
पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाडौँसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने महासाखाले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना रहेको बताइएको छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्