समाचार

जेसिबीले च्यापीदाँ सहचालकको मृत्यु



झापा, १७ चैत । बाटो खन्न प्रयोग गरिएको जेसिबीको अगाडिको मेसिनले च्यापिँदा सहचालकको मृत्यु भएको छ ।

शनिबार साँझ बा १ क ५३७६ नम्बरको जेसिबीको मसिनमा च्यापिएर मेचीनगर नगरपालिका १० धाइजनका २१ वर्षीय विक्रम राजवंशीको मृत्यु भएको छ ।

चालकले जेसिबी प्रयोग गरी तेलको ड्रम उठाउने क्रममा सोही जेसिबीका सहचालक राजवंशीको टाउको मेसिनको अगाडि भागले थिचिँदा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको छ ।