काठमाडौँ, १७ चैत । विद्यार्थीको हक र अधिकारको रक्षाको निम्ती मेरुदण्डको रुपमा स्थापित अनेरास्ववियूले पोखरा विश्वविद्यालय मातहतका ४२ वटा कलेजमा अध्ययनरत ३९१ जना विद्यार्थीको भाग्य र भविष्यमाथि विश्वविद्यालय तथा क्याम्पस प्रशासनको मिलेमतोमा त भएको हैन भनि प्रश्न चिन्ह खडा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियुका तथा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी))का द्वय अध्यक्ष नविना लामा (प्रतिनिधिसभा सांसद) तथा रञ्जीत तामाङले संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
जिम्मेवार निकायले यस्ता संकास्पद गतिविधि गरेको भन्दै शिक्षा क्षेत्रमा भएका विकृति, विसंगती तथा बेथिती मैलाएको भन्दै यस्ता नकरात्मक कुराहरुको तत्काल छानविन समिती बनाई दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।










प्रतिक्रिया दिनुहोस्