राजनीति

विप्लवका चार कार्यकर्ता पक्राउ



काठमाडौँ, १८ चैत । नेत्रविक्रम चन्द नेतृत्व विप्लव पार्टीका चार जना कार्यकर्ता भक्तपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल, सूर्यविनायक नगर इन्चार्ज यादव तामाङ, काभ्रे मन्दन देउपुर नगरपालिका–३ का चमारसिंह तामाङ र काठमाडौंका सविन बिक विरही भन्ने बुद्धराज सुनार रहेको प्रहरीले जनाएको छ  ।

चमारसिंह र बुद्धराज भक्तपुर जिल्ला स्तरीय नेता रहेको प्रहरीले बताएको छ । पक्रउ परेका उनिहरुमाथि थप अनुसन्धान भैरहेको जनाएको छ ।