काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जानु हुने भएको छ ।
आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्नुभएको उहाँका प्रेस संयोजक प्रेस संयोजक चेतन अधिकारीले जनाकारी दिनुभएको छ ।
संयोजक अधिकारीका अनुसार प्रधानमन्त्री ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जानुहुने भएको छ । सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लाग्नु भएको हो ।










प्रतिक्रिया दिनुहोस्