राजनीति

सांसद पहारीद्वारा विनाशकारी हावाहुरीबाट पिडितलाई सहयोगको घोषणा



पोखरा, १९ चैत । गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले आफुले सांसद वापत पाउने १५ दिनको सेवा सुविधा बापतको रकम हावाहुरी पिडितलाई सहयोग घोषणा गर्नुभएको छ ।

आइतवार आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ३५ जनाको मृत्यु भईसकेको र सयौं जना घाइते भएकोमा दुःख व्यक्त गर्दै यो दुःखद् घडिमा सहयोगको मलहम लगाउने घोषणा गर्नुभएको छ । हावाहुरीले ठूलो विपत्ती निम्त्याएको र सयौं घर परिवार विस्थापित भएको भएकोमा उहाँले देशमा सरकार तथा जनप्रतिनिधि भएको आभास गराउन देशभरका सम्पूर्ण निर्वाचित प्रदेश तथा केन्द्रका सांसदहरुले जनही १५ दिनको सुविधा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

तराईलाई पिडा हुँदा पहाडले छेक्नुपर्छ भन्ने मान्यतालाई आन्मसात् गर्दै उहाँले यो विपदमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सम्बन्धीत निकाय, संघ संस्था, आम नेपाली नागरिक एक ढिक्का भई काँधमा काँध मिलाई सहयोगी हातहरु फैलाउनुको कुनै विकल्प नभएकोले सवैले सहयोग गर्न अफिल समेत गर्नुभएको छ ।

युवा संघको अध्यक्षको कार्यकालमा तराईको दुःखमा मलहम लगाउन पुग्नुभएका सांसद पहारीले यो पटकको हावाहुरीमा समेत आफ्नो साहयोगी हातहरुलाई तराईमा पुर्याउनुभएको छ । उहाँको सहयोगी हातको साथमा जो कोही नेपालीको दुःख आफ्नो दुःखको रुपमा हेर्ने सांसद पहारीले विगतमा तराईमा भएका डुवान, बाढ़ी, पहिरो, विभिन्न विपद्का समयमा समेत आफ्नो अब्बलता प्रस्तुत गरी जनपरिचित भईसक्नुभएको छ ।