काठमाडौँ, १९ चैत । बिभिन्न खाडी मुलुकहरुमा पठाईदिने भन्दै दिल्ली पुर्याएका १२ नेपाली युवतीको उद्धार भएको छ ।
दिल्ली महिला आयोगले गएराति उत्तरपश्चिम दिल्लीबाट १२ नेपाली युवतीको उद्धार गरेको हो । आनन्दी (नाम परिवर्तित) बाट दिल्ली महिला आयोगका सदस्य किरण नेगीले गुनासो प्राप्त गरेपछि ती महिलाहरुलाई राखिएको क्षेत्र नजफगढमा दुई टोली पठाइ १२ नेपाली युवतीको उद्धार गरेको जनाएको छ ।
उदय नाम गरेका एक एजेन्टले दुबई र अन्य खाडी देशमा राम्रो रोजगार दिने प्रलोभनमा पारेर ती युवतीहरुलाई दिल्ली पुर्याएका थिए । तर आयोगले एजेन्ट भनिएका उदय भने नभेटिएको जनाएको छ । अधिकांश युवतीहरुले एजेन्टलाई राम्रो रोजगार पाउने आशमा ५० हजार बुझाएको र २ जना युवतीले भने २२ लाख दिएको बताए ।










प्रतिक्रिया दिनुहोस्