समाचार

भीरबाट लडेर १ जनाको मृत्यु



काठमाडौँ, १९ चैत । पूर्वीनवलपरासीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ बुलिङ्गटार गाउँपालिका–६ मा भीरमा रहेको बाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका बालकृष्ण श्रेष्ठको पचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको छ ।