विश्व

फेसबुकले बन्द गरिदियो ६८७ अकाउन्ट



एजेन्सी, १९ चैत । सामाजिक सञ्जाल फेसबुकले ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ ।

फेसबुकले कानुन उल्लंघन गरेको भन्दै भारतीय कांग्रेस (कांग्रेस–आई)सम्बद्ध पेजहरू फेसबुकले हटाएको हो ।

भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आमनिर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू हटाइएको फेसबुकको दावी छ ।

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेजहरू र एकाउन्टहरूले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौं ।” “यी गतिविधिमा सम्लग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरित हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ ।”