Banner News

सरकारले राहत प्रकृया अगाडि बढाइरहेको छ : अध्यक्ष प्रचण्ड



बारा, २० चैत । बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती को निरीक्षण गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको बताएका छन ।

मंगलबार अध्यक्ष प्रचण्डले पर्सास्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेका छन । प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका छन ।

हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । ८ जना घाइतेको उपचार काठमाडौमा भइरहेको छ भने अरु बाँकीको उपचार बारा र पर्साको अस्पतालमा भइरहेको छ ।

अध्यक्ष प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको भन्दै आफूहरुले राहतको विषयमा छलफल गरिरहेको र  सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने बताए ।