काठमाडौँ, २१ चैत । अबको दुईतीन दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी मौसम विभागले जनाएको छ ।
आज देशभरको मौसममा बदली भएको छ । दिउँसो देशको पूर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मञ्जु बासीका अनुसार आजभन्दा भोलि र भोलिभन्दा पर्सि देशभरी कै मौसम बदली भई पानी पर्नेछ । बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्