काठमाडौँ, २१ चैत । सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
सरकारले काठमाडौँ उपत्यकामा भोली सार्वजनिक बिदा दिएको हो । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन रहकाले बिदा दिएको जनाएको छ ।
चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचले बालबालिकालमई दुख नदियोस् भनेर बुझाउने र बुझाउदा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा परापुर्वकालदेखि नै रहिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्