समाचार

आज र भोलि मौसम बदली : हावाहुरी सहित पानी पर्ने



काठमाडौँ, २२ चैत । काठमाडौँसहित मुलुकाका विभिन्न स्थानमा शुक्रबार र शनिबार मौसम बदली भई हावाहुरी सहित बर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मुलुकका धेरैजसो ठाउँमा मौसम बदली हुँदा पश्चिम पहाडका केही ठाउँमा (आज) शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना भएको मौसम पुर्वानुमान महाशाखाको भनाइ छ ।

देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । त्यसैगरी हिमाली भागमा हल्का हिमपातको पनि सम्भावना रहेको महासाखाले जनाएको छ ।

शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।