Banner News

समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुन्छ, जहाँ गरिव हुदैनन् : प्रम ओली



काठमाडौँ, २२  चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुने बताएका छन ।

बिहीबार दुई दिनसम्म चलेको राष्ट्रिय विकास परिषद बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख भनेकाले कन्फ्युज उत्पन्न गरेपनि विश्वका प्रणालीहरुमध्ये सर्वोत्कृष्ट प्रणाली भन्दै त्यसको परिभाषा गर्न सकिने बताएका छन ।

उनले भने, ‘समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुन्छ । यो कुरा आगामी २५ बर्षभित्र उत्कृष्ट समाजवाद, जहाँ गरिव हुदैनन्। ‘ 

प्रधानमन्त्री ओलीले परिवर्तित अवस्थामा देशको पहिचान र परिचय बदल्ने योजना अघि सारिएको बताउदै उनले भने, ‘एलडीसीको एल कट्टि गर्दैछौ । डेभ्लपिङको ‘डि१ रहाला । त्यसका लागि थुप्रै काम गर्नुपर्छ । निश्चित रुपमा ‘एल’ कटाउछौ । मापदण्ड पुरा गरेर । शिक्षा स्वास्थ्य, गरिवी निवारण, मानवविकास सुचांक, जनताको जीवनस्तरको परिवर्तन, पुर्वाधार विकासको क्षेत्रमा ‘एल’ कटाउने कार्यक्रम यसै अवधिभित्र गर्छौ’

नेपाल सरकारका विभिन्न तहहरु परिचालन नगरी देश नबन्ने भन्दै ७६१ खुट्टा  नै चल्नुपर्ने बताउदै उनले भने, ‘७६१ खुट्टा हालेपछि एक दुईवटा खुट्टा चलाएर मात्रै हिडिन्छ रु यी सवै खुट्टालाई निस्कृय बनाएर गन्तव्यमा छिटो पुग्छु भन्ने होइन । सरकारले यी सवै कुरा बुझेर हिँडेको छ । सरकारले निशाना ताकेर विकास गर्ने लक्ष्य लिएको छ ।’