काठमाडौँ, २२ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मतगणनाको सुरुवातमा प्रजातान्त्रिक समूहका उम्मेदवार पोखरेलले अग्रता लिए पनि मतगणना अन्तिमसम्ममा नेकपा निकट प्रगतिशीलका श्रेष्ठ विजयी भएका हुन् ।
महासचिवमा भने प्रजातान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि गत शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो ।










प्रतिक्रिया दिनुहोस्