काठमाडौँ, २२ चैत । उपत्यकामा आज परम्परागत रुपमा मनाइने घोडेजात्रा पर्व मनाइएको छ ।

आज टुँडिखेलमा सेनाले देखाएको प्रदर्शन अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएसगै घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए ।

त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल स्थित कुटनितिक नियोगका प्रमुखहरु, उपच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो ।











प्रतिक्रिया दिनुहोस्