याधीश सम्मेलनको अन्तिम दिन शुक्रबार हालै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन् ।
प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषदले गरेको सिफारिसबाट न्यायसेवाबाटै आई जिल्ला र उच्च अदालतमा न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने सम्भावना समाप्त पारिएको भन्दै सहभागीले तीव्र आक्रोस पोखेको छन् ।
प्रज्ञाभवन कमलादीमा बुधबार सुरु भएको न्यायाधीश सम्मेलन समापनअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशले अहिले गरिएको नियुक्ति सिफारिसबाट न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन नसक्ने धारणासमेत व्यक्त गरे । यो समाचार नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्