राजनीति

कृषि र पर्यटन भक्तपुर समृद्धिको आधार, उत्पादनलाई औद्योगीकरण गर्नुपर्छ : सांसद बस्नेत



भक्तपुर, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई समृद्ध र सुखी बनाउने मूख्य आधार कृषि र पर्यटन भएको बताउँदै उत्पादनलाई औद्योगीकरण गर्दै बजारको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

कृषि, जलस्रोत तथा पर्यटन नै मूलुकको उन्नती र प्रगतिको मुल ढोका भएको बताउँदै उहाँले विकास र समृद्धिको लागि ऐतिहासिक, पौराणीक कला र संस्कृति नेपालको आर्थिक वृद्धदरको एक महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले भक्तपुरमा स्मार्ट सिटी बनाउनेमात्र नभई पुराना वस्तीको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा चाँगुनाराण्या मन्दिर, भक्तपुर दरवार स्क्वार क्षेत्र लगायतका पर्यटकिय क्षेत्रहरु रहेको भन्दै उक्त क्षेत्रलाई संरक्षण तथा सम्बद्र्धन गर्न नेपाल सरकारबाट भक्तपुरमा तीन अर्ब रकम पार्न सफल भएको जानकारी गराउनुभयो ।

उहाँले विदेशी प्रविधि र पूँजीको प्रयोग होस् भनि सरकारले विभिन्न शिर्षकमा सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था गरेको गरेको र त्यसलाई भरपुर सदुपयोग गरी देशमा नै रोजगारी तथा औद्योगिकरणलाई तिव्र रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला, शैक्षिक वेरोजगार लगायतका धेरै विषयमा सहुलियत व्याजमा ऋण दिने व्यवस्था, साना तथा घरेलु उद्योगहरु निशुल्क रुपमा दर्ता गर्ने पाउने प्रावधान, महिलाका नाममा दर्ता भएका उद्योगहरुलाई आयकर पाँच वर्षसम्म छुट लगायतका व्यवस्था गरेकोले त्यसलाई सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले आत्मानिर्भर तथा स्वलम्बी नीति तथा कार्यक्रम ल्याएको ल्याएको बताउँदै उहाँले कृषि उत्पादनलाई आधुनिकतामा परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।