राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : कार्यसम्पादन समिति गठन हुने



काठमाडौँ, २३ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको हो । बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको स्रोतले बताएको छ । पार्टीभित्रै विधानविपरीत धेरै संख्या रहेको भन्दै आलोचना भएपछि यसअघिको कार्यसम्पादन समिति विघटन गरिएको थियो । नयाँ कार्यसम्पादन समिति पार्टीको विधान अनुसार गठन गरिने सम्भावना रहेको छ ।

बैठकमा संसदीय बोर्ड गठन र केन्द्रीय विभागका संयोजक तोक्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।