समाचार

छापाखानामा आगलागी : ३० लाखको क्षति



महोत्तरी, २३ चैत । जिल्लाको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ ।

जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीकाले जनाएको छ ।

आगलगीबाट छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानहरु जेलेको प्रहरीले जनाएको छ ।