काठमाडौँ, २३ चैत । मलेसियास्थित नेपाली दुतावासहरुले नेपाली कामदारका लागि विभिन्न स्थानमा कन्सुलर सेवा सञ्चालन हुने भएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले यही चैत ३० गतेदेखि वैशाख २१ गतेसम्म कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको हो ।
राहदानी आवेदन संकलन, राहदानी जारी, यात्रा अनुमतिपत्र जारी, प्रमाणिकरण, श्रमिक सचेतना, श्रमिक गुनासो सुन्ने काम हुने दूतावासको सुचनामा जनाइएको छ । दूतावासले जारी गरेको सूचना अनुसार चैत ३० गते क्लाङ, २०७६ वैशाख ७ गते क्लान्तान र तेराङगानु, १५ गते पहाङ र क्यामरुन हाइल्याण्ड, २२ गते बातुपाहत र जोहोर, र २९ गते कोताकिनादालु र साभामा शिविर सञ्चालन हुने छन् ।
यस्तै, जेठ ५ गते इपो, १२ गते पेराक, जोहर वारु र जोहारमा, १८ गते अलो सेतार, केडामा, २६ गते पेनाङमा कार्यक्रम हुने छ । त्यस्तै असार १ गते लङ्कावी, केडा, ८ गते मिरि सारावाकमा, १५ गते मेलाकामा र २१ गते कुयान्तान, पाहाङमामा शिविर सञ्चालन गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्