एजेन्सी, २३ चैत पाकिस्तानले जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ ।
भारतसँगको सम्बन्ध सुधारका लागि मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ । पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलका अनुसार पाकिस्तानले सजाय पूरा गरेका ३ सय ५५ माझी र ५ नागरिक गरी ३ सय ६० भारतीय कैदीबन्दीलाई रिहा गर्ने फैसला गरेको जनाएको छ ।
उनले कैदीबन्दीलाई चार समूह गरेर रिहा गर्ने बताए, जुन प्रक्रिया अप्रिल ८ बाट सुरु हुनेछ । पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन्, जसमा ४ सय ८३ माझी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्