एजेन्सी, २३ चैत । भारतमा भोपालको विशेष अदालतले ६ वर्षीया अबोध बालिकालाई बलात्कारपछि निर्मम हत्या गरेको आरोपमा ४२ वर्षीय अफजल खानलाई फाँसीको सजाय सुनाएको छ ।
विशेष न्यायाधीश (पाक्सो एक्सो) कुमुदिनी पटेलले गत सोमबार फैसलामा अभियुक्त अफजल खानलाई आफ्नै ६ वर्षीया छोरीको बलात्कार गरी निर्मम हत्या गरेको आरोपमा दोषी ठह–याई फाँसीको सजाय सुनाएको हो ।
प्रहरीका अनुसार अफजललाई आफ्नो श्रीमतीको चरित्रमाथि शंका थियो, जसको कारण उनले आफ्नै ६ वर्षीया छोरीलाई बलात्कार गरी निर्मम हत्या गरेका हुन् । ती अबोध बालिकाको आफ्नै बुबा हुन् अफजल खान ।
प्रहरीको अनुसन्धानमा अफजलले आफ्नो ६ वर्षीया छोरीलाई विगत तीन–चार महिना अगाडिदेखि बलात्कार गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्