काठमाडौँ, २३ चैत । सिभिल बैंक लिमिटेडले जाजरकोटमा शाखा विस्तार गरेको छ ।
जाजरकोटको शिवालय गाउँपालिकामा सिभिल बैंकले शाखा स्थापना गरेको छ । स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा स्थापना गरेको हो ।
सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने भएको छ ।
सिभिल बैंकको हालसम्म करीब तीन लाख ग्राहकहरु रहेका छन् । बैंकले करीब रु।४४ अर्व निक्षेप परिचालन गरी करीब रु।४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित बैंकको कुल शाखा संख्या ७४ पुगेकोे छ ।
प्रतिक्रिया दिनुहोस्