सुनसरी, २४ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीको चतरा, विष्णुपादुका, पिण्डेश्वर , विजयपुर र रामधुनिमा धार्मिक सर्किट बनाएर प्रदेश नं. १ लाई विश्वमै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताउनुभएको छ ।
नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला प्राचीन हरिद्वार सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन प्रदेश सरकार सँगै संघीय सरकार समेत लागि गरेको जानकारी दिनुभयो । उहाँले वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले आयोजना गरेको यो कुम्भ मेला सफल बनाउन प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले सुनसरीको चतरालाई केन्द्र विन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाड बढाएको जानकारी दिनुभयो । उहाँले चतरा सुनसरीको मात्र नभई प्रदेश तथा मुलुककै महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक क्षेत्र भएको बताउनुभयो । त्यस्तै उहाँले चतरा प्रदेश नं. १ कै गहना भएको समेत बताउनुभयो ।
उद्घाटनसँगै ०७६ वैशाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा अर्धकुम्भ मेला विधिवत रुपमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा आलीद्वारा गरिने भनिएको भए पनि मौसम खराबीका कारण उपस्थित हुन सकेनन् नेपालकै महत्वपूर्ण मानिएको यो मेलाका लागि देश तथा विदेशबाट आउने भक्तजनको सुरक्षा, आवास, शौचालय, विद्युत लगायतका सम्पूर्ण सेवा भने उपलब्ध गराएको छ ।










प्रतिक्रिया दिनुहोस्