भक्तपुर, २४ चैत । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कला, संस्कति र सम्पदा भक्तपुरको शान भएको बताउँदै आफुले निर्वाचनका समयमा जनतासँग गरेका गरेको प्रतिवद्धता तथा विकास निर्माणमा आवाज उठाउनमात्र नभई आवज उठाएका सवै कुराहरु पुरा गर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकामा रहेको खिंछे दाफा भजन खलद्वारा शनिवार आयोजित बृहत बनभोज कार्यक्रममा बोल्दै सांसद बस्नेतले क्रियाशिलताको आधारमा अस्थित्व निर्माण हुने र क्रियाशिलता नभए उसको अस्थित्व समाप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको प्रमुख निकायसँग जति क्रियाशिलता बनायो त्यती हामी बलियो हुन्छौं, विगतमा शक्ति र पहुँच नभएका तथा विकास निर्माणमा कुनै पहुँच नभएका व्यक्ति निर्वाचित हुनु नै भक्तपुर पछि पर्यो । अब त्यस्तो दिनको समाप्त भयो ।’
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कला, संस्कृति र सम्पदाको राजधानी तथा भक्तपुरको शान भएको बताउँदै पहुँचका भरमा केही व्यक्तिहरुले सार्वजनिक जग्गालाई कव्जा गरेको र त्यसलाई आगामी दिनमा क्रमिक रुपमा कब्जा गरीएको जग्गालाई पूनः सार्वजनिक बनाउने समेत बताउनुभयो ।
उहाँले विकासमा तीनै तहको सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउँदै आवश्यकता अनुसार संघर्ष गरेर भएपनि राज्यको स्रोत, साधनलाई भक्तपुरमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका ठूला ठूला योजनाहरु पार्न सफल भएको जानकारी गराउनुभयो । स्मार्ट सिटी, प्राणी उद्यान, आधुनीक वीर अस्पताल, अन्तर्राष्ट्रिय सभा गृह, अन्र्राष्ट्रिय रंगशाला लगायतका ठूला आयोजन भक्तपुरमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।
भक्तपुरको नेपालमा मात्र नभई विश्वमा नै गौरवपूर्ण इतिहास रहेको बताउँदै उहाँले यो पुस्ताले भक्तपुरमा नयाँ इतिहास सिर्जना गर्ने समेत बताउनुभयो । उहाँले अवको तीन चार वर्ष भित्रमा हनुमन्ते नदीको करिडोर निर्माण सम्पन्न गर्ने, नदीको दाँया बाँया ढल निर्माणको कार्य भइरहेको, हनुमन्ते नदीमा यस पटक नै चारवटा ठूला पुलहरु निर्माण भइरहको लगायतका विकास निर्माणका बारेमा जानकारी गराउनुभयो ।
सांसद बस्नेतले अब भक्तपुरका जनताले बाढीको समस्या कहिले भोग्नु नपर्ने बताउँदै हनुमन्ते नदीको करिडोर निर्माण पश्चात अरनीको राजमार्गको बैकल्पीक राजमार्ग बनाउने जानकारी गराउनुभयो । करिडोर निर्माण पश्चात भक्तपुर सुरक्षित, जाममुक्त, सफा, सुन्दर र हराभरा हुने बताउनुभयो । भक्तपुरलाई लिङ रोडका रुपमा सडकहरु विस्तार भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।
जनप्रतिनिधिको दुःख र परिश्रमको माध्यमबाट भक्तपुरमा मेलम्चीको पानी आउने भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘कोटेश्वरसम्म आएको चक्रपथ भक्तपुरमा ल्याएनैं भने तिमीहरुको खैरात छैन भन्ने जनप्रतिनिधि नहुने नै भक्तपुर पछि पर्नु, सडकदेखी सदनसम्म बोल्न नसक्नु नै समस्या हो । अब त्यो समस्या आउँदैन । सडक तथा सदनमा आफ्नो आवाज बुलन्द बनाउनेछु ।’
आफु उद्योगमन्त्री भएको समयमा भूकम्पले शोकाकुल बनाइरहेको बेला मानविय आस्था नेपालको स्थापना गरी करिव २१ सय वटा टहरा निर्माण, राहत वितरण गरेको बताउँदै उक्त संस्थाले हाम पनि २२५ जना भुकम्प पिडितलाई मानविय आस्था नेपालले पढाइरहेको साथै विभिन्न प्रकारका तालिम, बाख्रापालन, तरकारी लगायतका तालिमहरु दिइरहेको जानकारी गराउनुभयो ।
सहि नेता र नेतृत्व छान्न नसक्दा गन्तव्य एकातिर हुने गइरहेको बाटो अर्कैतिर हुने गरेको बताउँदै उहाँले भक्तपुर नगरपालिकामा पर्यटकलाई देखाएर लिएको १५ डलरको प्रयोग कहाँ भएको छ भनि जनताले खोज्नुपर्ने बताउनुभयो ।
विकास निर्माणका कामहरु गर्न बजेट अपुग हुन नदिने बताउँदै उहाँले भक्तपुरलाई सांस्कृतिक नगरी घोषणा गरी भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकालाई डेढ÷डेढ अर्ब रुपैंया बजेट विनियोजन गर्ने तयारीमा रहेको समेत जानकारी गराउनुभयो ।
अघिल्लो वर्ष भक्तपुरमा २५ वटा मठमन्दिर निर्माण गरेको र आगामी वर्ष २२ वटा निर्माण गर्ने तयारीमा रहेको जानकारी गराउँदै सांसद बस्नेतले निलवाराहीमा जीवित संग्रहालय निर्माण गर्ने तयारी भइरहेको जसमा सवै प्रकारका कला संस्कृति झल्कने गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै आर्थिक तथा सामाजिक विकासलाई उच्चतम विन्दुमा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले विकास निर्माणका सवलामा भक्तपुर नगरपालिकाले सिफारिस समेत नदिने गरेको गुनासो जनतामा रहेको बताउँदै भन्नुभयो, ‘नगरपालिकाले विकास निर्माणका कामहरुमा सिफारिस दिएन भने मेरो संघिय सांसदको लेटर प्याडमा सिफारिस दिएर भए पछि विकास निर्माणलाई रोक्न दिन्न ।’










प्रतिक्रिया दिनुहोस्