Banner News

पृथकतावादीलाई मूलधारको राजनीतिमा ल्याउन सरकार सफल : गृहमन्त्री



पोखरा, २४ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएको बताएका छन ।

आइतबार पोखरामा भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको बताए ।

उनले भने, पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएका छौं ।, ‘राष्ट्रिय अखण्डता र देशको विकासमा समाहित गर्ने उनीहरुले सहमति गरेका छन् ।’

संविधानविरोधी समूहहरुलाई पनि सहमतिमा ल्याउन सरकार लागिरहेको बताउदै उनले भने,  ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ ।, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’

मौसममा देखिएको अस्वाभाविक उतारचढावले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको र त्यहाँ पुनर्निमाणको काम छिटोभन्दा छिटो गर्न निर्णय भइसकेको उनको भनाइ छ ।