राजनीति

भिक्षु अश्वघोषको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय



काठमाडौं, २४ चैत । सरकारले भिक्षु अश्वघोष महास्थविरलाई विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भिक्षु अश्वघोषलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको हो । उनी २०४९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद थिए ।

अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत रहेका भिक्षु अस्वघोषको मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित ९४मा ग्राण्डी अस्पतालमा शुक्रबार निधन भएको थियो ।