काठमाडौँ, २५ चैत । नेत्रविक्रम चन्द नेतृत्वको (विप्लव) समूहका नेता मोहन कार्की (जीवन्त)लाई पुनः पक्राउ गरिएको छ ।
उहा पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नु पर्ने भएकाले कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले जानकारी दिनुभएको छ ।
संखुवासभामा भने उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा अन्तरगत अनुसन्धान हुनेछ ।










प्रतिक्रिया दिनुहोस्