भक्तपुर, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले क्रियाशिलताले मानिसको अस्थित्व स्थापीत गर्ने बताउँदै महिलाले आफ्नो क्षमतालाई बृद्धि र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा महिलाले राज्यका संघ, प्रदेश तथा स्थानीय तहका प्रमुखको नेतृत्व जिम्मेवारी सम्हाल्न सक्ने क्षमता तथा दक्षताको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको पाँच दिने महिला लक्षित तालिम समारोहको उद्घाटन सत्रमा बोल्दै सांसद बस्नेतले समावेशी लोकतान्त्रीक व्यवस्था संसारकै एउटा नमुना व्यवस्था भएको र संविधानत ३३ प्रतिशत महिलाको हकलाई सुरक्षित गर्न सफल भएको भएको बताउनुभयो । उहाँले सहभागिता र समावेशीतालाई संविधानले विशेष ध्यान दिँदै संविधानले राज्यको शक्तिलाई विभाजन गरेको र त्यसलाई अक्षरस पालना तथा अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विकास निर्माणमा महिलाको सहभागिता बढाउँदा सुशासन तथा अनियमितताको न्युनिकरण भएको बताउँदै आगामी दिनमा महिलाले विशेष भूमिका निर्वाह गर्दै अघि बढ्नपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि व्यक्ति कानुनको अनभिज्ञता शैय हुँदैन, क्ष्यम्य नहुने समेत बताउनुभयो । उहाँले सूर्यविनायकमा सामाजिक, राजनीतिक, सहकारी लगायतका क्षेत्रमा महिलाको क्रियाशिलता उत्कृष्ट रहेको समेत बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले फलफूल, तरकारी, फूल लगायतका क्षेत्रमा भक्तपुरका नागरिक आत्मनिर्भर रहेको बताउँदै च्याउ उत्पादन गर्नेमा नेपालकै पहिलो जिल्ला भक्तपुर रहेको जानकारी गराउनुभयो । भक्तपुरबाट ६५ जिल्लामा च्याउ निर्यात हुने गरेको जानकारी गराउँदै उहाँले कुखुरा र अण्डा चितवन पछिको दोस्रो जिल्लाको रुपमा भक्तपुर रहेको जसबाट धेरै देशहरुमा निर्यात हुने गरेको समेत जानकारी गराउनुभयो ।
नेपाल सरकारले सूर्यविनायक नगरपालिकामा २७ लाख रुपैंया उद्यम घर निर्माण गर्ने रकम छुट्याएको जानकारी गराउँदै सांसद बस्नेतले एउटा जिल्लामा एउटा हाटबजार व्यवस्था गर्ने भनि प्रत्येक जिल्लामा १० लाख छुट्याएको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा तथा उपप्रमुख जुनादेवी वस्नेतले नगरपालिकामा महिलाले उत्कृष्ट कामहरु गरिरहेको जानकारी गराउँदै महिलाको लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने बताउनुभयो । उहाँले महिलाले पाएको अधिकारलाई क्षमता वृृद्धि र विकासमा लगाउनु पर्ने भन्दै आगामी निर्वाचनमा उपमेयर, उपप्रमुख लगायतका ठाउँमा नभई राज्यका प्रमुख कार्यकारी पद सञ्चालन गर्ने गरी क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिम अवधिमा ६० जना महिलालाई कानुन, सहकारी, महिला सशक्तिकरण, इलोक्ट्रोनिक तथा मनोपरामर्श सम्बन्धी तालिम दिईने भएको छ ।










प्रतिक्रिया दिनुहोस्