राजनीति

प्रदेश सरकारले अपाङ्गतामैत्री कानून बनाउँछ : मुख्यमन्त्री राई



विराटनगर, २६ चैत  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताएका छन ।

सोमबार राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन गर्दै मन्त्री राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताएका हुन ।

मन्त्री राईले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको समेत बताएका छन । हाल देशभरमा महासङ्घमा अपाङ्गताको क्षेत्रमा काम गर्ने ३३१ वटा सङ्घ संस्था रहेका छन् ।