समाचार

नेपाल एअरलाइन्सले जुलाईबाट जापान उडान भर्ने



काठमाडौँ, २६ चैत । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी जुलाईबाट जापान उडान भर्ने भएको छ ।

जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि साताको तीन उडान भर्ने अनुमति पाएको निगमले जनाएको छ ।

नेवानिका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समयअनुसार) बजेको उडान पाएको छ ।

निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ ।