Banner News

गरीब जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छ : मन्त्री खतिवडा



काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने बताएका छन ।

मंगलबार नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री खतिवडाले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउउदै उनले भने,  ‘गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उहाँहरुको स्वास्थ्य बीमावापतको प्रिमियम रकम सरकारले व्यहोर्छ ।’

मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताउदै उनले भने, ‘नेपाल आँखा अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण छ, आगामी दिनमा यसलाई आँखा उपचार तथा जनशक्ति तयारी क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन सरकारले सहयोग गर्नेछ ।’