काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
तीन दिनअघिदेखि अस्वस्थ रहेका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको र उपचारपछि उनलाई आजै डिस्चार्ज गरिने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्