राजनीति

तिब्बती धर्मगुरु दलाई लामा अस्पतालमा भर्ना



एजेन्सी, २७ चैत । भारतमा निर्वासित जीवन विताइरहेका तिब्बती धर्मगुरु दलाई लामा बिरामी परेपछि अस्पताल भर्ना भएका छन् ।

८३ वर्षिय लामा छातीमा सङ्क्रमण भएकोले उनलाई दिल्ली अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो । लामालाई छातीमा सङ्क्रमण भएको चिकित्सकले जनाएका छन् ।

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका लामा निर्वासित जीवन विताइरहेका छन् ।