ललितपुर, २७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको समृद्धि र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकतावद्ध भएर पहल गर्न जरुरी रहेको बताउनुभएको छ ।
बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले जनताको तिव्र विकासको चाहना तथा आर्थिक वृद्धिदरलाई बढाउन सर्वप्रथम भ्रष्टाचार तथा अनियमितताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजधानी काठमाडौँमा एउटा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको र जिल्ला–जिल्लामा पनि प्रर्दशनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो ।
५ दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ । भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहेको मेलामा झण्डै ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्