जनकपुरधाम, २८ चैत । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ ।
राजपा अध्यक्ष मण्डलीका संयोजक शरदसिंह भण्डारीले जिल्लाहरुमा गरेको पत्रमा चैत २९ गते प्रदर्शन गर्न भनिएको छ । आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै राजपाले जिल्ला समितिहरुमा पत्राचार समेत गरेको छ ।
मागहरु
– संविधान संशोधन गर्नुपर्ने,
– लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने,
– रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्ने
– आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर्नुपर्ने,
– जन्मसिद्व नागरिककका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्नुपर्ने,
– लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने,
– भ्रष्टाचारी, कालोबजारी, महंगी, वेरोजगारी अन्त्य गर्नुपर्ने,
– राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने,
– राज्य आतंक तथा लोकतन्त्रविरोधी गतिविधि बन्द हुनुपर्ने माग राजपाको छ ।










प्रतिक्रिया दिनुहोस्