राजनीति

कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य मनोनित (विज्ञप्तिसहित)



काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पार्टी नेतृ आरजु देउवासहित ३८ जनालाई सदस्य मनोनित गरेको छ ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६,१०,ग बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देउवासहित ३८ जनालाई मनोनित गरेका हुन् ।