काठमाडौँ, ३० चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका टेकप्रसाद राईलाई दज्र्यानी चिह्न प्रदान गरेको छन् ।
शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्दै प्रहरी महानिरीक्षक खनालले एसएसपी राईलाई थपिएको जिम्मेवारी पूरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने सुझाव दिए ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सरकारले गत फागुन ७ मा राईलाई एसएसपीमा बढुवा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्